भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

साँझको घाम र जूनको कथा / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:28, 15 मार्च 2017 का अवतरण

यहाँ जाएँ: भ्रमण, खोज


बाटो आउँछ कतैबाट
र पर्खिरहेको चौतारीको वास्तै नगरी
गइरहन्छ एक्लै अगाडि कताकता
नलिर्इ साथ चौतारीलार्इ।
 
जहीँतहीँ यस्तै छ
हरेक युगमा यस्तै नै छ।
 
आजसम्म कुनै चौतारीलार्इ साथ लिएर गएन बाटाले।
 
बाटो आयो
आइरह्यो
हिँडिरह्यो
कतै गइरह्यो
परदेसी जसरी एक्लै।
चौतारी पर्खिरह्यो
हेरिरह्यो
रोइरह्यो
निस्ताइरह्यो
गाउँबेँसी जसरी एक्लै।
 
न बाटो अल्झिन सक्यो
चौतारीको मायामा कतै
न चौतारी पछि लाग्न सक्यो बाटाको मोहनीमा कतै।
 
घामले आज साँझ पनि
यही कथा भन्यो
र बाटो लाग्यो।
 
जून भने अझै पछ्याउँदै छ उसैलार्इ।