भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हिँड्दै गरेको मान्छे / दुर्गा दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:59, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दुर्गा दाहाल |अनुवादक= |संग्रह= }} {{...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मान्छेको बस्तीमा मान्छेकै
अनुहार कोपर्ने खेती हुन्छ
मान्छेको बस्तीमा मान्छेकै
अनुहार बिगार्ने रहर हुन्छ
यो गल्लीमा दिमागको
सम्पूर्णता बिछ्याएर मान्छेले
हिँड्दै गरेको बाटो के हो ?
मलाई भ्रमहरूले नै यहाँ
यात्रा रोक्ने घोषणा गर्छन् ।
दर्शनका पर्खालले चारैतिर
छेकिसकेको हो हिजो नै मान्छेलाई
चट्याङको शक्ति बोकेर
प्वालबाट छिर्दैछ यहाँ मान्छे
कला भनेर मान्छेहरू
दृश्य चोर्दै छन् प्रतिदिन–रात
परेड भएर जत्थाहरू
अभ्यास गर्दैछन् प्रतिदिन–रात ।
रिक्ततामा पनि सहानुभूति छ
कस्तो दीप्ति हो आशाको
अनवरत जीवनमा झरिरहेछ ।