Last modified on 31 मई 2017, at 16:25

कहाँ छ तिम्रो र मेरो / नीर शाह

कहाँ छ तिम्रो र मेरो मिलनको बिन्दु
जब कि तिमीलाई टेक्न सुनको भूईं छ
मलाई ओत लाग्ने ठाउँसम्म छैन

बिचका यी पर्दा र पर्खालहरू
च्यातिनु पर्छ भत्किनु पर्छ
तर यी सब यो जुनीमा सम्भव नै छैन
अर्को जुनीमा मलाई विश्वास नै छैन

न म तिमीकहाँ पुग्न सक्छु
न मकहाँ तिमी आउन सक्छौ
अनि यो नातालाई के नाम दिने हो
यसको हामीसँग उत्तर नै छैन

शब्द - नीर शाह
संगीत - सम्भुजित बासकोटा
स्वर - देविका प्रधान
एल्बम - नेपाली माया
चलचित्र - माया बैगुनी