भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नियति / विप्लव प्रतीक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कुनै एउटा त्यस्तो बखत थियो
जब ब्रह्माण्ड के थियो थाहा छैन
फेरि त्यस्तोबेला आयो जब ब्रह्माण्ड भयो
तत्पश्चात्के के भयो सबैलाई थाहा छ
र कोही अनभिज्ञ छैनन्ब्रह्माण्डको इतिहाससँग ।

ब्रह्माण्डमा पृथ्वी, चन्द्र र सूर्यसँगै
धेरै अरू ग्रह पनि बने
माछा, हात्ती, चरा अनि मान्छे पैदा भए
र, मानिसको अनादिदेखि अनन्तको यात्रा पनि सुरु भयो
यहाँ समयानुसारलिङ्कन, माक्र्स, हिटलर
लेनिन, बुद्ध, एरिस्टोटल सबैसबै जन्मे
अहिले म, तिमी र हामी पनि जन्मेका छौँ
र हामी हाम्रो कर्मप्रति उदासीन
स्वार्थ, मोह र प्रतिस्पर्धामै
आफ्ना पसिना र रगतका प्रत्येक थोपा
निथारेर खर्च गर्न लालायित छौँ ।

ऐइया, कस्तो दुख्ने जिन्दगी !