भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पश्चिममा घाम डुब्यो / गीता त्रिपाठी
Kavita Kosh से
पश्चिममा घाम डुब्यो
मनको आशा सुक्यो
चौतारीमा कुरिबसेँ
गोधुली साँझ दुख्यो
कहिले बग्दै तीरैतीर
कहिले चढ्दै भीर
चिसो बतास खोजिरहेँ
देउरालीमा पर्खिएर
आशैआशमा रात पर्यो
मुटुले ठाउँ छाड्यो
सबै खुसी पखालेर
जूनले आँसु झार्योो