भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पहाडमा जाडो बढे / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ
आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ
 
बाँडीचुँडी खाऊँ भन्छ, फाटे मन सिऊँ भन्छ
विपत्तिको ठेस लागे साझा आँसु रोऊँ भन्छ
पूर्वतिर पैह्रो जाँदा, पश्चिमले जुट्नुपर्छ
दक्षिणका तिर्खाहरू उत्तरले मेट्नुपर्छ
हैन भने....

अभावमा यौटै छाता दुइटाले ओढूँ भन्छ
उजाडिए एउटा घर सबै मिली जोडूँ भन्छ
भन्ज्याङको भोको पेट मधेसले भर्नुपर्छ
विघ्न परे फाँटलाई लेकहरू झर्नुपर्छ
हैन भनेँ....