भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलाई आभिशाप लाग्दछ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
मलाई अभिशाप लाग्दछ, तिमी जिन्दगी हो भन्दछ्यौ
यो पश्चातापको सागर हो, तिमी जिन्दगी जो भन्दछ्यौ

शान्त भएर सँधै यहाँ कोलाहल ज्यूनु छ
खुसी मानेर चोटलाई यहाँ आँसु प्यूनु छ
यो आगोलाई माया नभन
              मलाई यो ताप लाग्दछ
तिमी जिन्दगी हो भन्दछ्यौ
मलाई अभिशाप लाग्दछ


झिकेर मुटु छातीबाट फेरि छातीमै खोज्नु छ
अघाएर जीवनबाट फेरि जीवन नै रोज्नु छ
यो बाध्यता मोह हो नभन
                मलाई यो श्राप लाग्दछ
तिमी जिन्दगी हो भन्दछ्यौ
मलाई अभिशाप लाग्दछ