भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मायाले मुलबाटो भुलेछ / बुद्धवीर लामा
Kavita Kosh से
मायाले मुलबाटो भुलेछ नौरंगी फुलबारी देखेर
दिनदिनै मेरो रोइरन्छ मन तिमीलाई सम्झेर
दिलको चोट झिकिदेऊ भनेर
मनको आशा मानेमा ओइलियो कडा कतै अल्झ्यो कि
दुख्दैछ छाती सम्झेर राति क भयो भनेर
दुई मुटु हाम्रो बिछोड भयो नभेट्ने गरेर
जिन्दगी मेरो उकाली ओराली फराकिलो कहीं छैन
आफै छु सुखी आफै छु दुखी आफै छु सबथोक
पालुवा मनको भरिलो आशा बिलायो जलेर