भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

खडेरी / अबीर खालिङ

5,134 bytes added, 07:59, 12 जनवरी 2023
'{{KKGlobal}} {{KKRachna |रचनाकार=अबीर खालिङ |अनुवादक= |संग्रह= }} {{KKCatNep...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=अबीर खालिङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
पल्लो घरको दाइ
विमार भएको छ महिना पुग्यो
उनलाई हेर्न जान भ्याएको छुइनँ।
हाइवे कन्ट्रक्सनको काम द्रुत गतिमा चल्दैछ
राम्रो प्रोफिटको आशा छ।
परको ओली बुढा अस्ति भर्खर खसे
राममानको छोरो रक्सी पिएर गयो।
अन्त्येस्टिमा जान पाइनँ।
हन कस्तो बिजी भएँ
घरी ओभरसियरको भिजिट
घरी मन्त्रीको आगमन
मामुली कुरा त थाहा हुँदैन।

ठुलोको कि सानोको हो तीन जुलाई बर्थ डे ?
त्यसको आमाचाहिँलाई पनि म्यारिज र पार्टीले अल्मलायो
उसको पनि त कता डिनर, कता बर्थ डे पार्टी
विचरा फुर्सद छैन।
बिहान जिम्मी र ऱ्याम्बो (बुलडग)को मर्निङवाकले खान्छ
अलिकति समय जिम र योगाले लान्छ
हैट ! फेसबुक नघुमी दिसा लाग्दैन र
ब्रेकफास्ट रुच्दैन।
इन्स्टाको फोटो चेञ्ज गर्नु पर्ने
साथीहरूले उमेरभन्दा बुढो देखियो भनेर कमेन्ट लेखे ।
हो त
केसमा रङ लगाउनु छ
दाह्री सेभ गर्नु छ।
छोराछोरी होस्टेलमा छन्
कल गरेको छुइनँ
नम्बर मोबाइलसँगै हराएँ
मोबाइल आएदेखि कसैको फोन नम्बर थाहा छैन
कसम तपाईँको पनि थाहा छैन।
घर आएपछि चारैजना होटलमा डिनरमा जाने योजना छ
घरको भात र घरको कुरा बाहियात लाग्छ हिजोआज।
भर्चुवल भेटघाट नै रमाइलो ।
छोरी पनि त्यसै भन्छे
छोरा फ्री फायर र पबजीमा हुँदा
'डोन्ट डिस्टर्ब मी पा' भन्छ
त्यसको अङ्ग्रेजी राम्रो छ।
नेपाली त्यसले बिर्सेर/ नजानेर राम्रो भो
नभए कविता लेख्थ्यो
फ्रेन्ड सर्कलमा भानुभक्तको ड्याड भइन्थ्यो
मर्नु हुन्थ्यो।

भेटै नहुँदा पनि चल्छ जिन्दगानी
भिडियो च्याटमा भेटमाभन्दा माया धेर लाग्छ।
छोराछोरीको फ्लाइङ किस्,
हेल्लो ड्याड, हाउ डु यु डु
अहो ! म त मर्छु।
बैँक जाने झँझट मेटियो
अनलाइन पेमेन्ट कति सजिलो
पैसा छ त दुनियाँ छ
केही, कोही नहोस्, बैँक ब्यालेन्स होस् प्रभो !
म त खुसी।
फ्लिपकार्ट, अमेजन, अलिबाबासँग
ब्रान्ड झुक्छ ढोकामा।
डोमिनो, केएफसी र जोमाटोले
आमाकै हातको स्वाद पस्किदिन्छ मायासँग ।
खुसी पनि कसरी बसेको यस्तो मसिनो कुरामा।
यो दसैँमा नआउने भन्छ भाइबुहारी न्युयोर्कबाट
'गुगलमिटमा दसैँ मानौँ ' उसको सल्लाह कति दामी छ।
भेला हुनु भनेको झमेला
को पकाउने, को सर्भ गर्ने, को जुठोभाँडाहरू पखाल्ने
सबै हाउस मेडहरूलाई छुट्टी चाहिन्छ
उनीहरू कै भो दसैँ
उनीहरूलाई नै भो फ्यामिली भ्यालु
आफूलाई त फ्लास र टकिला भए पुग्यो।
</poem>
Mover, Reupload, Uploader
10,369
edits