भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आँखाभरि आँसु देख्छु किन रोयो बुद्ध / निमेष निखिल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:22, 1 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= निमेष निखिल |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)
आँखाभरि आँसु देख्छु किन रोयो बुद्ध
योद्धालाई थाहा छैन किन भयो युद्ध।
पखेरीमा लालीगुराँस फक्रिएको छैन
मनभरि हेर्ने प्यास निखि्रएको छैन
किन हुन्छ समय यो मान्छेदेखि त्रु्कद्ध
योद्धालाई थाहा छैन किन भयो युद्ध।
रोएको छ गाउँ सहर हिंसा जताततै
मान्छेभन्दा ठूलो शत्रु देखिएन कतै
मानिसको मुटु कालो कहिले होला शुद्ध
योद्धालाई थाहा छैन किन भयो युद्ध।

