Last modified on 4 फ़रवरी 2018, at 11:19

कहिलेकाहीँ अमिलो अमिलो हुन्छ / उषा शेरचन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:19, 4 फ़रवरी 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उषा शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatGeet...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


त्यही मन कहिलेकाहीँ अमिलो अमिलो हुन्छ
त्यही मन कहिले फेरि गुलियो गुलियो हुन्छ

बुझ्नै सकिन्न मनका हजारौं हजार रङ्ग
भोग्नै सकिन्न मनका हजारौं हजार ढङ्ग
त्यही मन कहिले फेरि गरुँगो गरुँगो हुन्छ
त्यही मन कहिले फेरि हलुँगो हलुँगो हुन्छ

टिप्नै सकिन्न मनका हजारौं हजार पात
लेख्नै सकिन्न मनका हजारौं हजार बात
त्यही मन कहिले फेरि धमिलो धमिलो हुन्छ
त्यही मन कहिले फेरि सङ्लो सङ्लो हुन्छ ।