Last modified on 10 मई 2020, at 15:56

बिर्सेको भए बितेका कुरा / म. वी. वि. शाह

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:56, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= म. वी. वि. शाह |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बिर्सेको भए बितेका कुरा पापीको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
लेकाली फूल शीतका थोपा फूलका मुनाले
बिउँझायो होला सुतेको माया बिहानी पखले

त्यो मुटुबीच गडेको याद जमेको हिउँले
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङ्गले
बिउँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जूनको छायाले
बगेका गाजल नयनबाट निस्केका आँशुले
बिउँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले