Last modified on 23 जुलाई 2017, at 16:36

रात केवल एक प्रहर बाँकी छ ! / भीमदर्शन रोका


रात केवल एक प्रहर बाँकीछ
तीन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ

रात केवल एक प्रहर बाँकी छ ।

कयौँले यहाँ रातको गीत थालेथे
आफ्ना–आफ्ना ताराहरु बालेथे
तर को रह्यो, र अब यहाँ
तिमी छौ, म छु र हाम्रो रहर बाँकी छ

रात केवल एक प्रहर बाँकी छ ।