Last modified on 19 मई 2020, at 13:47

सुन्दर थियो धर्ती हाम्रो, सफा थियो आकाश / मञ्जुल

गाउँ
 
सुन्दर थियो धर्ती हाम्रो, सफा थियो आकाश
मग्मगाउँदा फूलहरू स्वच्छ थियो बतास
 
चरीहरू उड्थे सधैँ कावा खाँदै माथि
सप्तरङ्गी इन्द्रेणीका बनी प्रिय साथी
बादल लागे पनि स्वच्छ रूवाजस्ता लाग्थे
सौन्दर्यले धप्प बली चुलीहरू जाग्थे
 
उर्वर थियो आलोमाटो कल्कलाउँदो पानी
निर्बोधतामा भए पनि खुसी हुने बानी
नजानिँदो गरी पस्यो अत्याचारी चाला
त्यै चालाले मेरो जीउ पार्योी हाडछाला ।