Changes

सौन्दर्यको गीत लेख्ने एक जमात हातहरू
विसङ्गतिका फेहरिस्तहरूमा खियाइरहेछन् औँलाहरूलाई
भग्न कलमका टुक्राहरूबाट उच्छिट्याइरहेछन्‍ उच्छिट्याइरहेछन् शान्त विद्रोहहरू
जोडिरहेछन् भत्किएका मनहरूलाई मोर्चाहरूमा,
भाग्दै गरेका संवेदनलाई अक्षरहरूमा उनेर।
 
हेरिरहेछन् भीडभन्दा बाहिर उभिएर निरन्तर
आफ्नो अस्तित्व फलाउनुपर्ने धर्तीमाथि मडारिइरहेका
के सबै सर्जकहरू
मजस्तै विचारमा विद्रोही र व्यवहारमा सम्झौतावादी हुन्छन् ?
</poem>
Mover, Reupload, Uploader
10,429
edits