ए सुन्दरी !
तिमी कामको नाममा
फेसन–सोहरूमा एउटा–एउटा गर्दै
शरीरमाथिको लुगा फाल्छौ
दाम पाउनको लागि
ब्रा–पेन्टीमा क्याटवाक गर्दै
¥याम्पमा मस्त हिँड्छौ
र नाम कमाउन भनेर
विज्ञापनहरूमा अङ्ग प्रदर्शन गर्दै
मुस्कुराउँछौ कृत्रिम मुस्कान
अनि भन्छौ–
यो त आधुनिकता हो !
यो त सभ्यता हो !
तर म भन्छु –
यदि नाङ्गिनु नै सभ्यता हो भने
हाम्रा पूर्वज बढी सभ्य थिए
जो नाङ्गै हिँड्थे
नाङ्गै सुत्थे
र खेल्थे नाङ्गै ।
हामी त
सभ्यता र आधुनिकताको यो दौडमा
अगाडि होइन
धेरै पछाडि परेका छौँ ।