Last modified on 6 मई 2021, at 08:58

जीवन के हो भनी / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:58, 6 मई 2021 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

जीवन के हो भनी सोधेथे मलाई
जवाफमा मैले तिम्रो नाम भनेँ

थिएँ म उडानमा कुनै बेहोसीको
छेके मेरो बाटो केही सुन्दर आँखाले
प्रेम के हो भन्देऊ सोधे तिनले मलाई
अरू केही देखिनँ, तिम्रो नाम भनेँ

मोक्षको यात्रामा म निस्किएँ भक्तिले
ध्यान गरी बसेथे अनेक मान्छेहरू
जप नाम ईश्वरको भने तिनले मलाई
हजार पल्ट मैले तिम्रो नाम भनेँ