भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

समान अन्तर / देवान किराती

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:05, 12 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


फ्याट्टै नमिल्ने अनुहारका आकृतिहरू
कतै नमिल्ने शरीरका आयतनहरू
कसरी हँ ?
ठ्याक्कैैसँग मिलेका मनहरू ।

जहिल्यै
उसलाई देख्दा
कल्पन्थेँ म
सायद यस्तै हुन्छ होला राक्षस ।

आज डबलीमा भेट भयो
चिनजान भयो
कुरैकुरामा भन्यो उसले
तिमी देख्ता
सधैँ कल्पन्थेँ म
सायद यस्तै हुन्छ होला राक्षस ।

साँच्चि नै
उसले मलाई
र मैले उसलाई
किन
सम्झेनौ हँ भगवान् ?!