1,802 bytes added,
14:26, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
भत्किरहेछन् जिन्दगीका लयहरू
थुनिएर बचाइका प्रतिध्वनिहरू आफैभित्र
स्थिर भएका छन् सृष्टिका अनुरागहरू ।
अनपेक्षित प्रहारहरू
प्रक्षेपणको अन्तिम प्रतिस्पर्धा गरिरहेछन्
मृत्युको बजार थापेर
जीवनदेखि भागिरहेका उपचारकेन्द्रहरू
भयका अनाम वार्षिकीहरू मनाइरहने तयारीमा छन्
र
मूल सडकमा ज्यानको बाजी लगाएर दौडिरहेका एम्बुलेन्सहरू
छोडिआउँदै छन् भाइरसको स्याम्पल,
पशुपतिको प्रयोगशालामा ।
महाप्रलयको मिति तय गर्न
समयको पात्रो पल्टाइरहेका अनादिदेव
उदासी देखेर महामायाको अनुहारमा
सोचिरहेछन् कि उपाय,
प्रलयातीत प्रतिरक्षणको !
</poem>