Changes

यात्रा / गीता त्रिपाठी

1,874 bytes added, 14:36, 25 अगस्त 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार=गीता त्रिपाठी |अनुवादक= |संग्रह=इ...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
टेकिहिँडेको जमिनको स्पर्श
फाटेका जुत्ताहरूको शिथिल आवाज
र, मानिसका दुःख र पीडाहरूको सङ्गीत
अपरिमित सौन्दर्य छ यस समयको प्रतिध्वनिमा !

गोडा र बाटाहरूको यात्रामा
यात्रा मात्रै कहाँ छन् र !
कथाहरू पनि छन्
अनेकौँ हिँडाइ र बिसाइहरूका ।

पहिले कहिल्यै नटेकेका छुवाइहरू जोडिएका छन्
निस्किदिएको छ स्वयम् बाटो नै यात्रामा
अन्योलमै छ गन्तव्यको क्षितिज,
अभावले ओस्सिएका बर्खामा विस्कुटजसरी
श्रमको नदीमा चोपिएका यी साँझका पाइलाहरू !

पाइलाहरूसँग गतिरोध पनि छ स्मृतिदंशको
रचनैरचनाका सुन्दर पङ्क्तिहरू मात्र त
कहाँ लेखिनसक्छन् र अनिर्णयको यस अविराम यात्रामा!

</poem>
Mover, Reupload, Uploader
10,426
edits