भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्रा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
टेकिहिँडेको जमिनको स्पर्श
फाटेका जुत्ताहरूको शिथिल आवाज
र, मानिसका दुःख र पीडाहरूको सङ्गीत
अपरिमित सौन्दर्य छ यस समयको प्रतिध्वनिमा !

गोडा र बाटाहरूको यात्रामा
यात्रा मात्रै कहाँ छन् र !
कथाहरू पनि छन्
अनेकौँ हिँडाइ र बिसाइहरूका ।

पहिले कहिल्यै नटेकेका छुवाइहरू जोडिएका छन्
निस्किदिएको छ स्वयम् बाटो नै यात्रामा
अन्योलमै छ गन्तव्यको क्षितिज,
अभावले ओस्सिएका बर्खामा विस्कुटजसरी
श्रमको नदीमा चोपिएका यी साँझका पाइलाहरू !

पाइलाहरूसँग गतिरोध पनि छ स्मृतिदंशको
रचनैरचनाका सुन्दर पङ्क्तिहरू मात्र त
कहाँ लेखिनसक्छन् र अनिर्णयको यस अविराम यात्रामा!