"घोडा दौड / सीमा आभास" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 8: | पंक्ति 8: | ||
{{KKCatNepaliRachna}} | {{KKCatNepaliRachna}} | ||
<poem> | <poem> | ||
− | |||
− | |||
− | |||
− | |||
− | |||
घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर | घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर | ||
− | + | जानुछ, महाराजाका ढोकासम्म । | |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | देखाउनुछ, लट्टा परेको कपालको चुल्ठो | |
− | + | सुनाउनुछ, वर्जित शब्दहरु एक–एक गरी | |
− | + | हेर्नुछ, बादलका गुजुल्टाहरु पन्छाएर | |
− | + | कहाँबाट, कसले झार्दो रहेछ ममाथि चट्याङ । | |
− | ममाथि | + | |
− | + | घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार ! | |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | भगवानको नग्न तस्बिर | |
− | + | छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु | |
− | + | नसक्न सक्छु, धर्मले डढाएका मेरा औँलाहरु काटेर | |
− | + | ममाथि लेखिएको इतिहासलाई ढोग्न । | |
− | + | ||
− | + | दायाँ खुट्टो कानूनको कुममा | |
+ | बायाँ ईश्वरको कुममा राखेर | ||
+ | जानुछ, इतिहास सजाइएको सङ्ग्रहालय | ||
+ | त्यसको ढोकैमा झुन्डिएको तस्बिरमा | ||
+ | मेरै जस्तो केरमेट अनुहार कसको हो ? | ||
− | + | बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर | |
− | + | टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली | |
+ | घुम्नुछ, उपत्यकादेखि गोरखा दरबारसम्म । | ||
− | + | यिनै घोडामा चढेर चोभारको गल्छेँडोसम्म पुगी हेर्नुछ | |
− | + | कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले । | |
− | + | ||
− | + | स्वयम्भूको टुप्पामा उभिएर, सोध्नुछ | |
− | + | ‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’ | |
− | + | ||
− | + | ||
− | + | आज मलाई चाहिएको छ, त्यही शक्तिशाली हतियार । | |
− | + | ||
− | + | ||
− | + | ||
− | + | ||
− | + | हतियार खोज्दै हिँडेको म | |
− | + | आइपुगेको छु नाङ्गा मूर्तिअगाडि | |
+ | यही बेला चक्रपथमा देखाइदिनुछ | ||
+ | नाङ्गो परिक्रमा, नाङ्गो उत्सव ! | ||
− | + | यो नाङ्गोपन हेरेर लाज नमानून् | |
− | + | बाटो हिँड्नेले, जून–ताराले | |
− | यी | + | दरबार र मूर्तिहरुले |
+ | जेल र न्यायालयले | ||
+ | यहाँका तीर्थधाम र पवित्र नदीहरुले । | ||
+ | यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी | ||
+ | पस्ने–निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न । | ||
− | + | जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ? | |
− | + | गोल्चे र खरमस कसले बनाएको थियो ? | |
− | के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो | + | यी साँघुरा ढोकामाथि चम्मरमा झुन्डिएको केश कसको हो ? |
+ | श्रीपेचमा जडित हीराहरु कसका आँसु जमेर बनेका हुन् ? | ||
+ | सुत्केरी महारानीहरु हो ! | ||
+ | समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा | ||
+ | कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर | ||
+ | के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा । | ||
− | + | यी भव्य दरबारका भित्ता कसका मयलले टल्किएका हुन् ? | |
− | नारायणहिटीको | + | नारायणहिटीको पर्खालवरिपरि घुम्ने मृतात्मा कहाँका हुन् ? |
− | + | कुदाऊ घोडा आर्यघाटतिर | |
− | + | नङ्ग्याएर चितामा ओछ्याइएपछि | |
− | + | गुहार माग्दै भागेका सतीहरुलाई | |
− | + | बर्साएका ढुङ्गाहरु कुन–कुन हुन् ? चिन । | |
− | + | ||
− | शिवरात्रिको दिन | + | ए पार्वती माता ! |
− | + | यही बेला नाङ्गै उत्र पशुपतिमा | |
− | + | र, उघार तेस्रो आँखा । | |
− | + | शिवरात्रिको दिन भाङ्ले बेस्मारी मातेर | |
+ | कराउँदै भन मेरा दौँतरीहरु | ||
+ | ए भस्मदेव ! चढ घोडाको ढाडमाथि | ||
+ | कुद इतिहासको सुरुङतिर । | ||
+ | फलोफुलो कह, ए देवका देव ! | ||
+ | के–के देखेका छौ हिजोदेखि आजसम्म ? | ||
</poem> | </poem> |
09:49, 3 मई 2020 के समय का अवतरण
घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानुछ, महाराजाका ढोकासम्म ।
देखाउनुछ, लट्टा परेको कपालको चुल्ठो
सुनाउनुछ, वर्जित शब्दहरु एक–एक गरी
हेर्नुछ, बादलका गुजुल्टाहरु पन्छाएर
कहाँबाट, कसले झार्दो रहेछ ममाथि चट्याङ ।
घोडाको पिठ्यूँमा उभिएको, म हुँ नाङ्गो अवतार !
भगवानको नग्न तस्बिर
छातीमा टाँसेर धर्म नमान्न पनि सक्छु
नसक्न सक्छु, धर्मले डढाएका मेरा औँलाहरु काटेर
ममाथि लेखिएको इतिहासलाई ढोग्न ।
दायाँ खुट्टो कानूनको कुममा
बायाँ ईश्वरको कुममा राखेर
जानुछ, इतिहास सजाइएको सङ्ग्रहालय
त्यसको ढोकैमा झुन्डिएको तस्बिरमा
मेरै जस्तो केरमेट अनुहार कसको हो ?
बौलाहाजस्तै देखिने श्रीपेच महाराजलाई नाघेर
टुँडिखेलका घोडामा बसी पार गर्नुछ भद्रकाली
घुम्नुछ, उपत्यकादेखि गोरखा दरबारसम्म ।
यिनै घोडामा चढेर चोभारको गल्छेँडोसम्म पुगी हेर्नुछ
कस–कसका अनुहार बगाई ल्याएको छ, यो पानीले ।
स्वयम्भूको टुप्पामा उभिएर, सोध्नुछ
‘मञ्जुश्री ! कहाँ छ चोभार काट्ने तिम्रो खड्ग ?’
आज मलाई चाहिएको छ, त्यही शक्तिशाली हतियार ।
हतियार खोज्दै हिँडेको म
आइपुगेको छु नाङ्गा मूर्तिअगाडि
यही बेला चक्रपथमा देखाइदिनुछ
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव !
यो नाङ्गोपन हेरेर लाज नमानून्
बाटो हिँड्नेले, जून–ताराले
दरबार र मूर्तिहरुले
जेल र न्यायालयले
यहाँका तीर्थधाम र पवित्र नदीहरुले ।
यी घोडामा चढेर फेरि पुग्नुछ, महारानी र राजकुमारी
पस्ने–निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न ।
जान्नुछ, यी ढोकामा लाउने आग्लो कस्तो थियो ?
गोल्चे र खरमस कसले बनाएको थियो ?
यी साँघुरा ढोकामाथि चम्मरमा झुन्डिएको केश कसको हो ?
श्रीपेचमा जडित हीराहरु कसका आँसु जमेर बनेका हुन् ?
सुत्केरी महारानीहरु हो !
समात लगाम ! सहरको मस्तिष्क थर्कने गरी कुदाऊ घोडा
कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेर
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्वस्त्र शरीरमा ।
यी भव्य दरबारका भित्ता कसका मयलले टल्किएका हुन् ?
नारायणहिटीको पर्खालवरिपरि घुम्ने मृतात्मा कहाँका हुन् ?
कुदाऊ घोडा आर्यघाटतिर
नङ्ग्याएर चितामा ओछ्याइएपछि
गुहार माग्दै भागेका सतीहरुलाई
बर्साएका ढुङ्गाहरु कुन–कुन हुन् ? चिन ।
ए पार्वती माता !
यही बेला नाङ्गै उत्र पशुपतिमा
र, उघार तेस्रो आँखा ।
शिवरात्रिको दिन भाङ्ले बेस्मारी मातेर
कराउँदै भन मेरा दौँतरीहरु
ए भस्मदेव ! चढ घोडाको ढाडमाथि
कुद इतिहासको सुरुङतिर ।
फलोफुलो कह, ए देवका देव !
के–के देखेका छौ हिजोदेखि आजसम्म ?