"विज्ञापन / देवान किराती" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) ('{{KKGlobal}} {{KKRachna |रचनाकार=देवान किराती |अनुवादक= |संग्रह=हु...' के साथ नया पृष्ठ बनाया) |
Sirjanbindu (चर्चा | योगदान) |
||
पंक्ति 39: | पंक्ति 39: | ||
मेरो मुटुमा | मेरो मुटुमा | ||
मेरी प्रेयसीको प्यारो देश छ । | मेरी प्रेयसीको प्यारो देश छ । | ||
− | <poem> | + | </poem> |
14:00, 22 जून 2020 के समय का अवतरण
जिन्दगी बेचिदिन्छु म ।
हकर चाहिएको छ !
चिच्याई–चिच्याई
मेरो जिन्दगी बेच्नसक्ने हकर ।
जेनिफर लोपेजको नग्न तस्बिर राखिएको
बलात्कार र हत्याको त्रासदीपूर्ण
काँचा अक्षरहरू छापिएको
दैनिक अखबारजस्तै जिन्दगी बेचिदिन्छु ।
टुक्राटुक्रामा भए पनि जिन्दगी बेच्नु छ मलाई ।
सडक, चोक, बस, बजार, जङ्गल
जतै अकारण टुक्रन्छ जीवन जुनसुकै बेला
आखिर !
विनसित्तै, अकारण टुक्रिनुभन्दा अघि
किन नटुक्र्याउने हँ ?
रुपियाँ–रुपियाँमा
गाँसगाँसको टुक्राटुक्रा– जीवन ।
ऐ... ! दुनियाँ क्रेताहरू हो
तिमीहरू मेरो जिन्दगीको
अङ्गअङ्ग खरिद गर्न सक्छौ क्यासको क्यासमा
तर......अहँ !
म मेरो मुटु बेच्तैबेच्तिनँ
तिमी दुनियाँभरको किमत लगाऊ
कुनै मूल्यमा बेच्तिनँ मुटु म ।
मेरो मुटुमा
मेरी प्रेयसीको प्यारो देश छ ।