भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"म स्त्री अर्थात आइमाई / सीमा आभास" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
('{{KKGlobal}} {{KKRachna |रचनाकार=सीमा आभास |अनुवादक= |संग्रह= }} {{KKCatKavi...' के साथ नया पृष्ठ बनाया)
 
 
पंक्ति 8: पंक्ति 8:
 
{{KKCatNepaliRachna}}
 
{{KKCatNepaliRachna}}
 
<poem>
 
<poem>
 +
स्त्रीत्वले स्नान गर्दै
 +
प्रत्येक मास नव–अवतार जन्मन्छु
 +
आफ्नै शरीरबाट ।
  
युगैपिच्छे तिमीलाई प्रेम गर्नै जन्मिएकी म ।
+
पाठेघरभित्र खेलिरहेको कलिलो स्वर सुनेपछि
तिमीले खसालेका छायाहरु मन पराउँछु
+
धरतीका ओठहरुबाट निस्कन्छ मौन तरङ्ग
तिमीले छोडेको स्वास पिउँछु
+
त्यही तरङ्गले ब्यूँझिएको भुइँ छोएर मुस्कुराउँछु
तिम्रो धोद्रो ध्वनी छोएर
+
पोखरीभित्र पूर्णिमाको जून मुस्कुराएझैँ
तिम्रा आँखाभित्र डुल्दैडुल्दै अमर गीत गाउँछु
+
  
तिम्रा आँखीभौँमा उभिएको देख्छु पुरानो सभ्यता
+
बीसवटा हड्डी एकसाथ भाँचे बराबरको
म भिज्दा, तिम्रा छातीका रौँहरुमा घरको छानो देख्छु
+
व्याख्यातीत प्रसूती पीडाशक्तिबाट
तिम्रा दाह्रीजुंगामा म यस्तो जादुको हतियार देख्छु
+
निस्कने स्त्रीशक्तिले
जस्ले आकासलाई पनि दुइ फ्याक बनाइदिनसक्छ
+
उचालेर अलिकति धरा
त्यहि चिराबाट म आफूलाई सिँगो उभ्याएर
+
आफ्नै गर्भबाट जन्माएर आफैँलाई
ए पुरुष ! तिमीलाई साँच्चै प्रेम गर्छु
+
भर्छु मुटुका कुनाकुना
  
पैतालाले चेपेर तिम्रा संवेदनाहरु किचिनँ
+
मेरै शरीरभित्र खोपिएको छ सृष्टि कोरिँदै आएको बाटो पनि
तिम्रो जिन्दगी टेक्तैटेक्तै हिँडिनँ कहिल्यै
+
मैभित्र फैलिएको छ सृष्टिमै फर्की जानुपर्ने गन्तव्य पनि
धुवाँ उठाएर तिम्रो बाटो छेकिनँ कतै
+
मेरै गर्भभित्र छ जीवात्माको कल्पकल्प गर्भ पनि
तिमी मान्छे हुँदा म इश्वर बनिनँ
+
यही भ्रूण हुर्काउनका खातिर
तिम्रा देउताहरुसँग पनि, कस्सम बोलेकी छैन
+
स्तनभित्र साँचेकै छु स्नेहका अमृत तलाउ
  
तिम्रो हात समाएर नदीको किनारैकिनार
+
यस धरतीले श्वास फेरेसँगै जन्मिएको हो मेरो ढुकढुकी
प्रेमगीत गाउदै हिँड्ने तृष्णा अझै बाँकी छ
+
जुम्ल्याहा हुन् यस धरतीको चेतना र मेरो चेतना
तिम्रो बलियो सौन्दर्य मेरा परेलामा उनेर
+
विशिष्ट उभिएकी छु यही युगल चेतनाले सिँगारिएर
माला बनाउने रहर गुटमुटीरहेकै छ
+
  
नमार मलाई, यो सृष्टिको भ्रुण म
+
समुद्रतिर नदीनाला बगेझैँ
तिम्रा रगतका थोपैपिच्छे बगेकी छु
+
बगिरहेका छन् मेरा खुनका नदीनाला सृष्टिको उकालैउकालो
तिम्रो शरीरभित्रको हड्डि भएर उभ्याइदिएकी छु तिमीलाई
+
मेरो हृदयको भित्री कुनामा कतै फैलिएको छ यो ब्रह्माण्ड
मेरो निरक्षर शरीरलाई कलम बनाएर तिमीलाई लेखिइरहेकी छु
+
र, म सुनाइरहेछु
 +
प्रेमका अजस्र गानहरू आत्मालाई सधैँसधैँ
  
नदीले इन्द्रेणीलाई नुहाएझैँ
+
यस सृष्टिको भ्रूण म
तिमीलाई प्रेमले रंगीन नुहाइदिन्छु
+
कालान्तरदेखि बाँचेकै छु ढुङ्गा बाँचेझैँ
अनेकौँ प्रेमावतारको एक अवतारी म
+
आगोमा पनि हिँडेकै छु समुद्रको डुङ्गाझैँ
प्रेमको खातिर, सिर्फ एकपटक
+
सीतालाई पनि डढाउन नसकेको अग्निबीज
मैले जन्मनुछ तिम्रो पुरुष गर्भबाट
+
निलिनै रहेकी छु बालकले दूध पिएझैँ ।
 +
आदिपुर्खाहरुले गुफामा खोपेका चित्रजस्ता
 +
अवर्णित आफ्नै आदिम स्वरूपले सिँगारिएर
 +
महादेवको गलाको नागझैँ लगाएकैछु अग्नि–माला ।  
  
मलाई माटो बनाउ या ढुंगा
+
तरबारैतरबारले सुसज्जित 
पानी बनाउ या हावा
+
सिस्नाको चम्मर हल्लिइरहेको यस युगको
बोक्सी बनाउ या देवी
+
मूलद्वारमा उभिएर भन्दैछु
म स्त्री अर्थात आइमाइ
+
टाङ् हेरेर गर्भमै नमार मलाई
सदियौँदेखि तिमीलाई प्रेम गरीरहेकै छु
+
 
 +
यो भूइँमा टेक्न मात्र देऊ !
 +
मेरा दुई छातीको केन्द्रबाट जन्मनसक्छ अर्को ब्रह्माण्ड
 +
अँध्यारो टेकेर उज्यालो हेर्न मात्र देऊ !
 +
यही ब्रह्माण्डको पल्लो छेउबाट मेरै गोडाले
 +
हिँड्दैहिँड्दै आउनसक्छ जवान युग !
 +
 
 +
म स्त्री अर्थात् आइमाई
 +
अनेकौँ प्रेमावतारको अप्रतिम अवतार हुँ म
 +
अब रच्नुछ एउटा अलौकिक सभ्यता ।
 +
 
 +
प्रेमले ललकारिएको ब्रह्मा रूपधारण गराएर
 +
स्नेहबोधका खातिर, केवल एकपटक
 +
यही जुनीमा, स्त्री नै भएर जन्मनुछ पुरूष–गर्भबाट
  
 
</poem>
 
</poem>

19:18, 16 अप्रैल 2020 के समय का अवतरण

स्त्रीत्वले स्नान गर्दै
प्रत्येक मास नव–अवतार जन्मन्छु
आफ्नै शरीरबाट ।

पाठेघरभित्र खेलिरहेको कलिलो स्वर सुनेपछि
धरतीका ओठहरुबाट निस्कन्छ मौन तरङ्ग
त्यही तरङ्गले ब्यूँझिएको भुइँ छोएर मुस्कुराउँछु
पोखरीभित्र पूर्णिमाको जून मुस्कुराएझैँ ।

बीसवटा हड्डी एकसाथ भाँचे बराबरको
व्याख्यातीत प्रसूती पीडाशक्तिबाट
निस्कने स्त्रीशक्तिले
उचालेर अलिकति धरा
आफ्नै गर्भबाट जन्माएर आफैँलाई
भर्छु मुटुका कुनाकुना ।

मेरै शरीरभित्र खोपिएको छ सृष्टि कोरिँदै आएको बाटो पनि
मैभित्र फैलिएको छ सृष्टिमै फर्की जानुपर्ने गन्तव्य पनि
मेरै गर्भभित्र छ जीवात्माको कल्पकल्प गर्भ पनि
यही भ्रूण हुर्काउनका खातिर
स्तनभित्र साँचेकै छु स्नेहका अमृत तलाउ ।

यस धरतीले श्वास फेरेसँगै जन्मिएको हो मेरो ढुकढुकी
जुम्ल्याहा हुन् यस धरतीको चेतना र मेरो चेतना
विशिष्ट उभिएकी छु यही युगल चेतनाले सिँगारिएर ।

समुद्रतिर नदीनाला बगेझैँ
बगिरहेका छन् मेरा खुनका नदीनाला सृष्टिको उकालैउकालो
मेरो हृदयको भित्री कुनामा कतै फैलिएको छ यो ब्रह्माण्ड
र, म सुनाइरहेछु
प्रेमका अजस्र गानहरू आत्मालाई सधैँसधैँ ।

यस सृष्टिको भ्रूण म
कालान्तरदेखि बाँचेकै छु ढुङ्गा बाँचेझैँ
आगोमा पनि हिँडेकै छु समुद्रको डुङ्गाझैँ
सीतालाई पनि डढाउन नसकेको अग्निबीज
निलिनै रहेकी छु बालकले दूध पिएझैँ ।
आदिपुर्खाहरुले गुफामा खोपेका चित्रजस्ता
अवर्णित आफ्नै आदिम स्वरूपले सिँगारिएर
महादेवको गलाको नागझैँ लगाएकैछु अग्नि–माला ।

तरबारैतरबारले सुसज्जित
सिस्नाको चम्मर हल्लिइरहेको यस युगको
मूलद्वारमा उभिएर भन्दैछु
टाङ् हेरेर गर्भमै नमार मलाई ।

यो भूइँमा टेक्न मात्र देऊ !
मेरा दुई छातीको केन्द्रबाट जन्मनसक्छ अर्को ब्रह्माण्ड
अँध्यारो टेकेर उज्यालो हेर्न मात्र देऊ !
यही ब्रह्माण्डको पल्लो छेउबाट मेरै गोडाले
हिँड्दैहिँड्दै आउनसक्छ जवान युग !

म स्त्री अर्थात् आइमाई
अनेकौँ प्रेमावतारको अप्रतिम अवतार हुँ म
अब रच्नुछ एउटा अलौकिक सभ्यता ।

प्रेमले ललकारिएको ब्रह्मा रूपधारण गराएर
स्नेहबोधका खातिर, केवल एकपटक
यही जुनीमा, स्त्री नै भएर जन्मनुछ पुरूष–गर्भबाट ।