"चोट / वानिरा गिरि" के अवतरणों में अंतर
Sirjanbindu (चर्चा | योगदान) |
Sirjanbindu (चर्चा | योगदान) (edited) |
||
पंक्ति 11: | पंक्ति 11: | ||
तिम्रो परशुको | तिम्रो परशुको | ||
सशक्त प्रथम प्रहार | सशक्त प्रथम प्रहार | ||
− | मैबाट | + | मैबाट शुरु गर . |
− | + | ||
− | यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू | + | दुई आँखाका कुलाबाट |
+ | यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू, | ||
आँखा खडेरी परून् मेरा | आँखा खडेरी परून् मेरा | ||
हरिया बनून् खेत तिम्रा | हरिया बनून् खेत तिम्रा | ||
र पाकिरहून् चोटका बालीहरू | र पाकिरहून् चोटका बालीहरू | ||
− | र पाकिरहून् चोटका बालीहरू | + | र पाकिरहून् चोटका बालीहरू । |
+ | |||
तिमी र म | तिमी र म | ||
− | मितेरी लगाई एकाकार | + | मितेरी लगाई एकाकार बनौँ |
− | सदा- | + | सदा-सर्वदालाई । |
− | कति घतलाग्दो | + | |
+ | कति घतलाग्दो! | ||
एक दिन | एक दिन | ||
− | + | सम्साँझै | |
दोबाटोमा तिमीसित | दोबाटोमा तिमीसित | ||
जम्काभेट भयो । | जम्काभेट भयो । | ||
+ | |||
मैले | मैले | ||
− | आफूलाई सम्हाल्न | + | आफूलाई सम्हाल्न नपाउँदै |
− | + | एक्कासी बलात्कार गर्यौ तिमीले । | |
+ | |||
त्यस बेलाका | त्यस बेलाका | ||
ती क्रूर आत्मीय क्षणका साक्षी | ती क्रूर आत्मीय क्षणका साक्षी | ||
रगतका कुमारी टाटाहरू | रगतका कुमारी टाटाहरू | ||
सर्जमिन नभएका बेवारिसे लासजस्तै | सर्जमिन नभएका बेवारिसे लासजस्तै | ||
− | छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा | + | छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा । |
− | हरेक | + | |
+ | हरेक चोटी | ||
हरेक दिन | हरेक दिन | ||
हरेक प्रहर | हरेक प्रहर | ||
पंक्ति 40: | पंक्ति 46: | ||
ओहोरदोहोर गर्दा ती टाटाहरूले | ओहोरदोहोर गर्दा ती टाटाहरूले | ||
झवास्स-झवास्स | झवास्स-झवास्स | ||
− | मलाई दिलाइरहन्छन् तिम्रो सम्झना | + | मलाई दिलाइरहन्छन् तिम्रो सम्झना । |
− | र चोट यस्तरी अब ता | + | |
+ | र चोट, यस्तरी अब ता | ||
तिमी मेरो | तिमी मेरो | ||
सम्झना बनिसकेका छौ । | सम्झना बनिसकेका छौ । | ||
− | चोट | + | |
+ | चोट, | ||
पहिले-पहिले | पहिले-पहिले | ||
तिम्रो हरेक प्रहार मेरा निम्ति | तिम्रो हरेक प्रहार मेरा निम्ति | ||
आगोको मुस्लो हुन्थ्यो | आगोको मुस्लो हुन्थ्यो | ||
− | + | काँडाको बिझाइ हुन्थ्यो | |
खुकुरीको धार हुन्थ्यो | खुकुरीको धार हुन्थ्यो | ||
− | + | औँसीको रात हुन्थ्यो, | |
तर आजभोलि | तर आजभोलि | ||
− | तिम्रो हरेक प्रहार एउटा | + | तिम्रो हरेक प्रहार एउटा स्पर्श बनेको छ |
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु | म स्वयम्-आगो बल्ने चुलो बनेकी छु | ||
− | + | काँडा उम्रने झयाङ् बनेकी छु | |
खुकुरी राख्ने दाप बनेकी छु | खुकुरी राख्ने दाप बनेकी छु | ||
− | गोमनको विषालु | + | गोमनको विषालु दाँत बनेकी छु |
− | + | औँसीको अँधेरी रात बनेकी छु । | |
+ | |||
र | र | ||
सर्कसमा रत्याएजस्तै बघिनीलाई | सर्कसमा रत्याएजस्तै बघिनीलाई | ||
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई | चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई | ||
चोट | चोट | ||
− | तिमीले कति | + | तिमीले कति चाँडै रत्यायौ मलाई! |
+ | |||
अब त | अब त | ||
तिमी र म | तिमी र म | ||
− | नङ र मासु बनेका | + | नङ र मासु बनेका छौँ |
− | कृपण र पैसा बनेका | + | कृपण र पैसा बनेका छौँ |
− | चोर बाटो र पैताला बनेका | + | चोर बाटो र पैताला बनेका छौँ । |
− | + | ||
+ | हिँड ममाथि | ||
सम्पूर्ण चोरी र डकैतीका साथ | सम्पूर्ण चोरी र डकैतीका साथ | ||
यो निश्चय छ | यो निश्चय छ | ||
तिमी थाकौला | तिमी थाकौला | ||
− | म | + | म थाक्दिनँ । |
+ | |||
ममा उम्रेका | ममा उम्रेका | ||
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई | जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई | ||
− | तिम्रा विध्वंसक | + | तिम्रा विध्वंसक आँधीबेहरीका झोँक्काहरूले |
− | + | सोत्तर पारिदेऊ | |
− | ध्वस्त पारिदेऊ | + | ध्वस्त पारिदेऊ । |
+ | |||
चोट | चोट | ||
− | तिम्रो भीमकाय स्वरूपले | + | तिम्रो भीमकाय स्वरूपले गाँज मलाई |
− | तिम्रा | + | तिम्रा लपलपाउँदा |
− | डढेलाका | + | डढेलाका जिब्राहरूले चाट मलाई, |
तर उल्टो | तर उल्टो | ||
थेत्तर बनेर | थेत्तर बनेर | ||
− | तिम्रा चोटैचोट | + | तिम्रा चोटैचोट थन्क्याउने तोपखानामा |
− | मुन्टो लुकाउन | + | मुन्टो लुकाउन आउँछु म । |
+ | |||
दाग चारैतिरबाट गोली नै गोली | दाग चारैतिरबाट गोली नै गोली | ||
− | + | बर्साऊ चारैतिरबाट आगो नै आगो | |
दाग चारैतिरबाट गोली नै गोली | दाग चारैतिरबाट गोली नै गोली | ||
− | बर्सर्दा चारैतिरबाट आगो नै आगो | + | बर्सर्दा चारैतिरबाट आगो नै आगो । |
+ | |||
तर पक्का हो | तर पक्का हो | ||
कान फोरेर सुन चोट | कान फोरेर सुन चोट |
15:16, 24 मार्च 2025 के समय का अवतरण
चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट शुरु गर .
दुई आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू,
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू ।
तिमी र म
मितेरी लगाई एकाकार बनौँ
सदा-सर्वदालाई ।
कति घतलाग्दो!
एक दिन
सम्साँझै
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
मैले
आफूलाई सम्हाल्न नपाउँदै
एक्कासी बलात्कार गर्यौ तिमीले ।
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरू
सर्जमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा ।
हरेक चोटी
हरेक दिन
हरेक प्रहर
हरेक पल
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना ।
र चोट, यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।
चोट,
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
काँडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औँसीको रात हुन्थ्यो,
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा स्पर्श बनेको छ
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
काँडा उम्रने झयाङ् बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दाँत बनेकी छु
औँसीको अँधेरी रात बनेकी छु ।
र
सर्कसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
चोट
तिमीले कति चाँडै रत्यायौ मलाई!
अब त
तिमी र म
नङ र मासु बनेका छौँ
कृपण र पैसा बनेका छौँ
चोर बाटो र पैताला बनेका छौँ ।
हिँड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
म थाक्दिनँ ।
ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आँधीबेहरीका झोँक्काहरूले
सोत्तर पारिदेऊ
ध्वस्त पारिदेऊ ।
चोट
तिम्रो भीमकाय स्वरूपले गाँज मलाई
तिम्रा लपलपाउँदा
डढेलाका जिब्राहरूले चाट मलाई,
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्क्याउने तोपखानामा
मुन्टो लुकाउन आउँछु म ।
दाग चारैतिरबाट गोली नै गोली
बर्साऊ चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो ।
तर पक्का हो
कान फोरेर सुन चोट
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ ।