Last modified on 22 जुलाई 2017, at 14:39

ढोकामा बत्ती कोठामा बत्ती / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:39, 22 जुलाई 2017 का अवतरण (Sirjanbindu ने के गर्दै होली मायालु मेरी / दिनेश अधिकारी पृष्ठ [[ढोकामा बत्ती कोठामा बत्ती / दिनेश अधिका...)

ढोकामा बत्ती कोठामा बत्ती
शहरभरि झलल बत्ती
तैपनि आँखाभरि आँखा उज्यालो छैन
सम्झन्छु खाली घरकै टुकी
के गर्दै होली मायालु मेरी
पिंढीमा बसी हेर्दै पो छ कि

छोडेर आएँ हातको मुठ्ठी
खोजेर व्यर्थै पोल्टामा खुसी
रोएरै धोऊँ भने नि मन यो
सुनेर कोही पनि हुँदैन दुखी
एक्लै छु सधैं भीडमै पनि
सुस्केरा मात्रै छ ओठभरि
के गर्दै होली मायालु मेरी
नूनको ढिको पोल्दै पो छ कि

पानीले तिर्खा मेटिन्न मेरो
छातीले खोज्छ मायाको धारो
नमिठो लाग्छ मुछेको गाँस
पसेको झैं लाग्छ आँखामा छारो
उसकै छ झल्को विपनाभरि
आँखामा निद्रा छैन रातभरि
के गर्दै होली मायालु मेरी
विछ्यौना आधी छोडेकी छ कि

शब्द – दिनेश अधिकारी
स्वर, संगीत – दीप श्रेष्ठ
एल्बम – श्रृंखला