ढोकामा बत्ती, कोठामा बत्ती
शहरभरि झलल बत्ती
तैपनि आँखा उज्यालो छैन
सम्झन्छु खालि घरकै टुकी
के गर्दै होली मायालु मेरी
पिँढीमा बसी हेर्दै पो छ कि ?
छोडेर आएँ हातको मुट्ठी
खोजेर व्यर्थै पोल्टामा खुसी
रोएरै धोऊँ भने नि मन यो
सुनेर कोही हुँदैन दुःखी
एक्लै छु सधैँ भीडमै पनि
सुस्केरामात्रै छ ओठभरि
के गर्दै होली मायालु मेरी
नुनको ढिको पोल्दै पो छे कि ?
पानीले तिर्खा मेटिन्न मेरो
छातीले खोज्छ मायाको धारो
नमीठो लाग्छ मुछेको गाँस
पसेझैँ लाग्छ आँखामा छारो
उस्कै छ झल्को विपनाभरि
आँखामा निद्रा पर्दैन राति
के गर्दै होली मायालु मेरी
बिछ्यौना आधी छोडेकी छ कि ?