Last modified on 2 जून 2017, at 22:14

यो कस्तो व्यथा हो / ईश्वरवल्लभ

यो कस्तो व्यथा हो लिएर मनमा
हिंडिरहेछु हिंडिरहेछु
यी भत्किरहेका पाइलालाई सोधें
के भो भनेर, केही हैन भन्छन
यी चर्किरहेका भित्तालाई सोधें
के भो भनेर, केही हैन भन्छन
यी सल्किरहेका आगोलाई सोधें
के भो भनेर केही हैन भन्छन
यो कस्तो रहर हो बोकेर एक्लै
हिंडिरहेछु हिंडिरहेछु
यो कस्तो व्यथा हो