भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो कस्तो व्यथा हो / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यो कस्तो व्यथा हो,
लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु

यी भत्किरहेका पाइलालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन्
यी चर्किरहेका भित्तालाई सोधेँ
के भो भनेर, केही हैन भन्छन्
यी सल्किरहेका आगोलाई सोधेँ
के भो भनेर केही हैन भन्छन्

यो कस्तो रहर हो
बोकेर एक्लै हिँडिरहेछु हिँडिरहेछु