Last modified on 14 मई 2015, at 13:12

कसम / उपेन्द्र सुब्बा

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 13:12, 14 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उपेन्द्र सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छयाप्पै छोपिएर
एउटा ढुंगा देउता भएर बसेको छ
देउता ढुंगा हुन् सक्छ/ढुंगा देउता पनि हुन् सक्छ
-मात्र विश्वासमा
त्यहि विश्वासमा -
निर्बलहरु बल माग्दै ढुंगा सामु माथा टेक्छन
गरिबहरु धन माग्दै ऋण गरि बोका काटछन
दु:खीहरु सुख माग्दै रोइ,कराई भाकल गर्छन ..
विश्वास एति घाती छ,कि
नाथे एउटा ढुंगाले पनि यसरि मान्छेको शोषण गर्छ