सोचेजस्तो हुन्न जीवन
सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन
पीरहरु बटुलेर रोइरहुँ जस्तो लाग्छ
खुसीहरु समेटेर हाँसिरहुँ जस्तो लाग्छ
आँसु आँसु हुन्न जीवन
खुसी खुसी हुन्न जीवन
देख्यो जति उस्तै हुन्छ
रोजेजस्तो हुन्न जीवन
घाम ताप्न पर्खिबस्यो पानी उसै बर्सिदिन्छ
अँध्यारोमै रमुभन्दा उज्यालो पो चर्किदिन्छ
पानी पर्नु पनि जीवन
घाम ताप्नु पनि जीवन
एउटा रोज्यो अर्कै मिल्छ
खोजेजस्तो हुन्छ जीवन