मैले पुण्य मन पराएँ या पाप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मनपराएँ
जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि टिका समाउन सक्छ
नसोध मैले वरदान या श्राप मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ
तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ
हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ
जे होस मैले तिमीलाई चुपचाप मन पराएँ