Last modified on 4 फ़रवरी 2015, at 20:10

फूलफूलमा पातपातमा / दिनेश अधिकारी

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 20:10, 4 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

फूलफूलमा पातपातमा पोखूँ जस्तो लाग्छ जोवन
मनभरि तनभरि शीतमाथि घाम सरी
फुल्न खोज्छ मेरो चाहना

हिजोभन्दा आज राम्रो लाग्न थाल्यो आफ्नै रुप
बात मार्न मन लाग्छ एकान्तमा आफैंसित
किन यस्तो हुन्छ भनन
बादलमा उड्छ यो मन
परेलीको वरिपरि छायाँ खेल्छ घरिघरि
रंग चल्छ कोही मेरो जोवनमा सरिबरि
किन हुन्छ यस्तो भनन
यस्तै हुने हो कि मेरो जोवन