Last modified on 25 फ़रवरी 2015, at 15:37

फूलको कविता / क्षेत्रप्रताप अधिकारी

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 15:37, 25 फ़रवरी 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=क्षेत्रप्रताप अधिकारी |अनुवादक= |...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मलाई थाहा थियो
तिमीलाई फूलको कविता मन पर्छ
मलाई थाहा थिएन
रगतको पोखरीमा उभिएर कसरी कविता लेखिन्छ !

अनि, मलाई थाहा थियो–
तिमीलाई परेवा घुरेको
प्रशान्त प्रेमको कविता मन पर्छ
तर मलाई थाहा थिएन
परेवाको गुँड भत्केको बेला
प्रेमको कविता कसरी लेखिन्छ !

खलङ्गामा आगो फुलेको बेला
इन्द्रकमलको कविता लेखेको भए
तिमीलाई मन पथ्र्यो होला
द्रौपदीको व्यथा बिर्सेर
दुस्शासनको गाथा लेखेको भए
तिमीलाई मन पथ्र्यो होला
आफू त–
शकुनि हुन पनि सकिएन
कागतको फूल लेखेर
तिम्रो मन छुन पनि सकिएन।

मङ्गलसेनहरु मरेको बेला
सबैले अलिनो खानुपथ्र्यो
कर्णालीमा डढेलो लागेको बेला
दमकलभरि कोशी जानुपथ्र्यो
देशको हाराकिरी भैरहेको बेला
सामुर्राईको कविता लेखियो
तिमीलाई मन परेन।

देश घुस्याहासित लडिरहेको थियो,
देश देशद्रोहीसित लडिरहेको थियो,
देश युद्द हारिरहेको थियो
देशले कामीकाजे पाइलट खोजेको देखियो
र, त्यही ध्रुवसत्य लेखियो
तिमीलाई मन परेन।

तिमीलाई फूलको कविता मन पर्छ
तर रगतको पोखरीमा उभिएर
फूलको कविता कसरी लेखिन्छ !