Last modified on 10 मई 2015, at 18:43

जेब्राक्रसिङनिर उभिएर / सरुभक्त

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 18:43, 10 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सरुभक्त |अनुवादक= |संग्रह= }} {{KKCatNepaliRach...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

दुइ ठूला ढुङ्गाबीचको
तरुलझैँ-
पेटीहरूबीच च्यापिएको छ- सडक
जसलाई पार गर्न
म जेब्राक्रसिङ’ को छेउमा उभिएको छु
पेटीबाट ओर्लिएर
कारण
सडक भेट्न पेटीबाट ओर्लिनुर्पर्छ,
र समय भेट्न
घण्टाघरको सुर्इलाई उल्टो घुमाउनुपर्छ
हुस्सूको अन्धकारमा
दिनदिनभर
हेडलाइटहरू बालेर
सवारीहरू आइरहेछन्, इतिहासका पानाहरूमा
डांकुहरूसरह
ज्यानमाराहरूसरह
लुटेराहरूसरह'
तर,
सडक पार गरिरहेछन् मानिसहरू
मेरा आँखाअगाडि ,
कोही सवारीहरू बलात् रोक्छन्
सडक पार गर्छन्,
कोही सवारीहरू अलमलिएका देख्छन्
मौका छोप्छन्
सडक पार गर्छन्,
कोही लाटागांडाहरूको झुन्डझैँ
सवारीहरू देख्छन्
उतर्सिन्छन्
आँखा चिम्लेर भाग्छन्
भाग्दाभाग्दै अन्जानमा
सडक पार गर्छन्
कोही-कोही
सहिद पारेर आफूलाई
सवारीहरू रोक्न खोज्छन्
सडकमा
विरोधको नशा पिएर,
अनि
स-साना आयतनहरू लाम लाग्दै
मानव-पर्खाल लाउन खोज्छन्,
म,
सभ्यता, अनुशासन, शान्तिको
सुरक्षति दूरीमा
फुलाएर कुखुराका चल्लाहरू
मनका हांगा-हांगामा
उभिएको छु- खालि उभिएको छु'
र सडक पार गर्ने पालो पर्खिरहेछु
असफल प्रेमीले जीवनको सुखलाई पर्खेझैँ ।