Last modified on 14 मई 2015, at 13:12

सपनाको कुरा / उपेन्द्र सुब्बा

Sharda suman (चर्चा | योगदान) द्वारा परिवर्तित 13:12, 14 मई 2015 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उपेन्द्र सुब्बा |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

हिजो राती सपनामा
तागेरानिवाफुङ्माङ आएर
यसो भनिन्-
ल कान्छा
जे छोइस् तेरो भो।
तब मैले
माटो छोएँ,
ढुङ्गा छोएँ,
हावा छोएँ,
पानी छोएँ,
खोला छोएँ,
आगो छोएँ.......
सप्पैसप्पै मेरो भयो।
र स्वयम् लाई छुन खोज्दा बिम्झिएँ
बाँकी रात निन्द्रा लागेन
छुकछुक् लागिरह्यो .....
तिमीलाई छुनु थियो, कसो छोइनँ।
(नोट:- तागेरानिवाफुङ्माङ- लिम्बु जातीमा स्वयम्भू, सर्वव्यापी, निराकार र निर्गन भन्ने बुझिन्छ।)