Last modified on 20 नवम्बर 2016, at 15:09

हुलाकघर–५ / / रमेश क्षितिज

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:09, 20 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=अर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

बाइबलका मध्यपृष्ठ
इसाई पादरीका लिखित आशीर्वचन
र केही नग्न तस्बिरहरू
छरपष्ट छन् भुइँभरि

र छन् – संकटग्रस्त खाडीबाट
नानीहरूलाई पठाएका खेलौनाका आधी टुक्राहरू,

यहीँनेर उभेर हेर
र भोग – कसरी मर्दै जान्छ संवेदना ?
पल्टाऊ यी अन्तरंग कागजातहरू
र हेर – ढल्दै गएका तिम्रा आस्थाका उचाइहरू,
अनुभव गर सीमा मिचिँदाको अनुभूति
फेरि सोध्नेछैनौ तिमी कसैसँग
कसरी बेच्छ मान्छेले असंख्य टुक्र्याएर आफूलाई ?
 
लाग्नेछ तिमीलाई
पत्झरका वृक्षहरूभन्दा बढी नांगा छांै हामी
आंैसीको रातभन्दा पनि उदास छांै हामी
र अचेतन कुनै ढुंगाको मूर्तिजस्तै
सर्वथा बेहोसीमा छांै हामी

आफूभित्र आफ्नै घाउहरूको आकाश कोट्याउँदै
दुख्ने समयको टिका थापिरहेछांै
र भ्रमको जमरा सिउँरिरहेछांै हामी,

चर्को स्वरले स्वदेश–गान बजिरहेको
त्यो रेडियोको भोलुम कम गर
र कृपया
नजिक आएर उठाऊ

कान्छीका यी नग्न तस्बिरबाट
हिक्क–हिक्क नमिठो आवाज
बगिरहेको छ छताछुल्ल परिवेशभरि ।