भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हुलाकघर–५ / / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बाइबलका मध्यपृष्ठ
इसाई पादरीका लिखित आशीर्वचन
र केही नग्न तस्बिरहरू
छरपष्ट छन् भुइँभरि

र छन् – संकटग्रस्त खाडीबाट
नानीहरूलाई पठाएका खेलौनाका आधी टुक्राहरू,

यहीँनेर उभेर हेर
र भोग – कसरी मर्दै जान्छ संवेदना ?
पल्टाऊ यी अन्तरंग कागजातहरू
र हेर – ढल्दै गएका तिम्रा आस्थाका उचाइहरू,
अनुभव गर सीमा मिचिँदाको अनुभूति
फेरि सोध्नेछैनौ तिमी कसैसँग
कसरी बेच्छ मान्छेले असंख्य टुक्र्याएर आफूलाई ?
 
लाग्नेछ तिमीलाई
पत्झरका वृक्षहरूभन्दा बढी नांगा छौं हामी
औ‌शीको रातभन्दा पनि उदास छौं हामी
र अचेतन कुनै ढुंगाको मूर्तिजस्तै
सर्वथा बेहोसीमा छौं हामी

आफूभित्र आफ्नै घाउहरूको आकाश कोट्याउँदै
दुख्ने समयको टिका थापिरहेछौं
र भ्रमको जमरा सिउँरिरहेछौं हामी,

चर्को स्वरले स्वदेश–गान बजिरहेको
त्यो रेडियोको भोलुम कम गर
र कृपया
नजिक आएर उठाऊ

कान्छीका यी नग्न तस्बिरबाट
हिक्क–हिक्क नमिठो आवाज
बगिरहेको छ छताछुल्ल परिवेशभरि ।