गाजलु ती ठुला ठुला आँखा
तीर बनी बसे यो दिलैम
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
निधारको त्यो रातो टीका
छाप बनी बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली
ज्योति बन्यो कलिलो मायामा
पातलो त्यो मधुर ओठ
स्वाद बनी बस्यो यो दिलैमा
मिलेका ती दाँतका पंक्ति
मोती बन्यो कलिलो मायामा
लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही
सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै
स्पर्शमात्र पाए चाहिन्न अर्को केही
सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने
एकपल्ट देख्न पाए चाहिन्न अर्को केही
छिनेको त्यो कटीमा जलको घडासरि भै
टाँसिरहन पाए चाहिन्न अर्को केही
काला घटा भदौका जस्ता ती केशराशी
छाया भए मलाई चाहिन्न अर्को केही