भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोलाएका ती ठूला तिम्रा दुई नजरले / म. वी. वि. शाह
Kavita Kosh से
लोलाएका ती ठूला तिम्रा दुई नजरले
हेरिदिए मलाई चाहिन्न अर्को केही
सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै
स्पर्शमात्र पाए चाहिन्न अर्को केही
सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने
एकपल्ट देख्न पाए चाहिन्न अर्को केही
छिनेको त्यो कटीमा जलको घडासरि भै
टाँसिरहन पाए चाहिन्न अर्को केही
काला घटा भदौका जस्ता ती केशराशी
छाया भए मलाई चाहिन्न अर्को केही