1,514 bytes added,
06:04, 4 अगस्त 2019 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=कृष्ण पाख्रिन
|अनुवादक=
|संग्रह=शताब्दी/ कृष्ण पाख्रिन
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म हेर्छु चारैतिर
त्यो देखिएको पहाड
पर झन पर...... सर्छ
पोथ्रापोथ्री रुखहरु
पाइला पछि छोडिन्छ
बसन्तले कहिले बास बस्ला ?
मलाई दुःख लाग्छ
मैले हिडेको पाइला पनि
लु लागेर मेटिएछ
यो बलौटे आकाश
मुखभरी बालुवा खाँदेर
अनिकाल टार्दैछ
बालुवा बालुवाले मेरो आँखालाई
चिथोरेको छ ! कोपरेको छ !!
कतै पोखरी र दह भेटिंदैन ?
कतै पानीको थोपा पाइएन ?
अहो ! यो मरुभूमिमा
छाम्छु गोजीमा बालुवा छ
र, म बालुवाको मान्छे
फगत बालुवा थुप्रेको बस्तीमा
बालुवाको घर छ
र यो शहरभरी म हेरिरहेछु
— चारैतिर —
बालुवा............. बालुवा छ ।
</poem>