भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मरुभूमि / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म हेर्छु चारैतिर
त्यो देखिएको पहाड
पर झन पर...... सर्छ
पोथ्रापोथ्री रुखहरु
पाइला पछि छोडिन्छ
बसन्तले कहिले बास बस्ला ?
मलाई दुःख लाग्छ
मैले हिडेको पाइला पनि
लु लागेर मेटिएछ
यो बलौटे आकाश
मुखभरी बालुवा खाँदेर
अनिकाल टार्दैछ
बालुवा बालुवाले मेरो आँखालाई
चिथोरेको छ ! कोपरेको छ !!
कतै पोखरी र दह भेटिंदैन ?
कतै पानीको थोपा पाइएन ?
अहो ! यो मरुभूमिमा
छाम्छु गोजीमा बालुवा छ
र, म बालुवाको मान्छे
फगत बालुवा थुप्रेको बस्तीमा
बालुवाको घर छ
र यो शहरभरी म हेरिरहेछु
— चारैतिर —
बालुवा............. बालुवा छ ।