1,491 bytes added,
16:09, 28 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=सौन्दर्यको सङ्गीत / सुमन पोखरेल
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>
जून पिएर आइछ्यौ, अब के गरूँ म
हेरिरहूँ तिमीलाई या अघि सरूँ म
सम्बन्धको किनारैमा दिल खोसी लग्यौ
नुहाइरहूँ तिम्रै प्रेममा वा पारी तरूँ म
पर्खपर्ख एकछिन पर्ख, रात पर्न देऊ
तिमी आउने बाटोभरी तारा छरूँ म
के आँखा, के मन-मुटु, सबै उस्तै मेरा
धोका दिए सबैले, भर कसको परूँ म
दुनियाँलाई बाँड्दाबाँड्दै रित्तिएछ पूरै
रित्तिएको यो मन अब केले भरूँ म
कहाँ पुगी फर्कियौ र ठेल्न खोज्छौ तिमी ?
छोडेकै छैन धर्ती मैले, कता झरूँ म ?
कसले देला सल्लाह, सुमन ! मलाई
मन त मरिसक्यो, अब कहिले मरूँ म ?
</poem>