एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु, साथी ! म हिँडिरहेछु
आरम्भ छाडी अन्तदेखि बेखर !
एक युग भयो...
सधैँ बिहान हिँड्न थाल्दछु म
सधैँ साँझ, ताराहरु बाल्दछु म
सधैँ दिनको एकै अन्त देख्दा
किन हो किन लाग्दछ डर ?
एक युग भयो...
जहाँ जहाँ वास बस्दै जान्छु
ती सबलाई घर आफ्नै ठान्दै जान्छु
फर्कूँ यदि भोलि यही बाटो
गाह्रो पर्ला चिन्न मलाई मेरै घर !
एक गुग भयो...