Last modified on 23 जुलाई 2017, at 16:16

तिम्रो जन्ममुहूर्त / भीमदर्शन रोका


तिमी नाचिरहेछौ
तिम्रो नाच
एक विशाल भवन
छन्जहाँ मुद्रा र हजारौँ हातहरु
खुट्टैखुट्टा र स्तम्भैस्तम्भहरु
फन्कैफन्काहरु
कोठैकोठाहरु
भरिएको छ भवन झ्यालैझ्याल, ढोकैढोकाहरुले
देखिन्छ भित्रभित्र
डोर्‍याई लैजान्छ भित्रैभित्र
अटाएका छन् जहाँ हजारौँ मानिसहरु
लाखौँ कम्पन र तरल तरङ्गहरु
हे सृजना !
हे पानी–लहर !
तिम्रो किनार किनारमा
गाउँगाउँ र शहरैशहरहरु
हे नेपाली नदीका भुल्का हो !
यो तिम्रो जन्ममुहूर्त
आज तिम्रो जन्मदिन !