1,278 bytes added,
10:53, 18 अप्रैल 2018 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विप्लव ढकाल
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>
चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?
…
माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो
चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ?
…
यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन्
आस्थाको धर्ती भत्कियो भने उभिने कहाँ हो ?
…
आफैलाई खोज्न हिँडेका थियौ बाटोमै निदायौ
सपना हराई हारेको यात्री ! बिउँझिने कहाँ हो ?
…
चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?
</poem>