भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ओर्लिने कहाँ हो ? / विप्लव ढकाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?

माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो
चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ?

यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन्
आस्थाको धर्ती भत्कियो भने उभिने कहाँ हो ?

आफैलाई खोज्न हिँडेका थियौ बाटोमै निदायौ
सपना हराई हारेको यात्री ! बिउँझिने कहाँ हो ?

चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?