<poem>
बग्ने पानीमुनिको ढुङ्गोझैँलेउ लागेर छोडिएपछि पिँधमाकहाँ चिसो भन्न पाए र ?इन्द्रेणी ओराल्ने गरेकाउपत्यका कहाँ बिलाए ?माझीले चलाउन छोडेकोडुङ्गा किनारमा छोडीजलकुम्भीझैँ तैरदैकुन बाटो रोजेसेता हाँस बनेर,घरमा पुज्ने भुमें देउता ढोंगी गएपछिघरमुनि सेताम्मे फुल्ने अम्बकका रुखछेउकिन फर्किएनन् ?घण्टी फूल फूल्दै झर्दै गरेको यामको बेवास्ता गरीआलुबखडाका फूलमा ओर्लने न्यानो घामको छायाँ नाप्दैकिन पश्चिम भञ्ज्याङ तरेरकोसीको बगरै बगर लस्करै गइरहेसहनाई बजाउँदैसेतो फेटा गुतेरछोडेर गएपछिनदीले किनार भत्काएको छैनबढाएको छैन बगरनीलो दहमा पौडने माछाका भुराहरू बढेका छैनन्बिहान खस्नुअघि नदीले गाउने भाका फेरिएको छैनहिँडेभन्दा टाढा पुगेको छैन भञ्ज्याङ छिचोल्ने बाटोबेहुली चरीले उज्यालोको रङ फेरेको छैन ।त्यहाँभन्दा पर ठोक्किएको छै बतासजहाँ छोडिएको थियो हुर्काएका थिए स्वाभिमानको वृक्ष ।
आलुबखडामा चचहुई खेल्थ्यो वसन्त याम
जूनलाई नुहाएर आकाश चम्काउँथे चराचुरु∙गी
घाम छेकेर लहरै उड्थे कर्याङकुरुङका बथान
इन्द्रेणीमा तुर्लुङ्ग झुन्डिएर पिङ खेल्थे भुराभुरी
मस्त पोखरीमा नुहाएर तन्नेरी भई निस्कन्थे केटाकेटी ।
एकाएक उनीहरुको धुरीमा खसेर गयो पुच्छ्रेतारा
र, भत्किए उनीहरु ।
उनीहरुले गाउने घण्टीफूलको गीत खसिरहेछ पँधेरामाथि
जुरुक्क अग्लिएर, उनीहरुलाई डाकुँलाझैँ गर्छ यो मनोहर उपत्यका
उनीहरुसँगै जाउँलाझैँ गरी उड्न खोज्छन् ढुङ्गामा कुँदेका हलेसोका चित्र ।
जाने बेलामा ढोगेथे, कुलपितृको आशीर्वादलाई
भाकलको पैतालामा चढाउन पालेथे भाले र बोको
भेटीपाती उठाएर गएका उनीहरु फर्किएनन् अझै ।
जाँदै गर्दा
आफ्नै जहानजस्तो राते कुकुर
खोरका सुँगुर र कुखुरा
दाम्लाका गाईबस्तु
लिएर गए कि छोडेर गए ?
अलिअलि गर्दै च्यातिएका थिए हृदयका पत्र
दुख्यो भन्न पाए कि पाएनन् ?
अमुक शत्रुले कुवामै रेटी मारेको
गाउँका तन्नेरीहरुको काँचो वायु र छाया
कुवाको पानीमा डब्डबाउँछ भन्थे
उनीहरुकै हंस कुवाभित्रबाट चिच्च्याउँदै भाग्छ भन्थे
त्यो भूतकुवाको पानी खान नसकेर
तिर्खाले प्याकप्याक गर्दै
कुन नदीतटतिर गए ती सेता हाँसहरु ?
बेखबर तिनीहरुका घरजहान
रातबिहान बर्बराउँदै कुद्थे गल्लीगल्ली
आफ्नै आँगनको त्रासदीले, कहाँ लखेट्यो उनीहरुलाई ?
बर्खा झरेर जीउभरिका कपडा च्यातेथ्यो
बाढीमा सोहोरिँदै नाङ्गै गए कि केही लाउन पाए ?
केराको थाममा खुकुरी गाडेर खोलाको पानीसँगै बगे भन्थे
दोभानबाट हराएका ती जोडीहरुको वयस्कपन
कसैले भेटे या भेटेनन् ?
छानोबाट मझेरीमा तारा झरुन्जेलसम्म
ढोकामै बसेर रुँदै थिए भोका नानीहरु
रातभरि भोकै रोइरहे कि खान पाए ?
ढाकरमा पृथ्वी बोक्ने बूढा घाम–जूनजस्ता बा–आमै
अझै छन् कि ढाकर बिसाएर धरतीपारि गए ?
माहुरीको घारजस्तो पुख्र्यौली थलो
बचेरा हुर्किएको गुँडजस्तै टुहुरो देउराली
उनीहरुकै आस्थामा उभिने शीतल बर–पीपल
हरिया पात हल्लाउँदै हेरिरहेछन्
उनीहरुले भन्ज्याङ तरेर गएको बाटो ।
आँटीमाथि बल्दाबल्दैको दियालो हातमा बोकेर
आनै पाखुरामाथि उभ्याएको घर काँधमा राखेर
खुनले आर्जेको सृष्टि विधातालाई बुझाएर
उक्काएर आनै पैतालाको छाप
यो सम्पूर्ण बस्तीलाई माया मारेर
विरही तालमा सहनाई बजाउँदै
कहाँ गए छोडेर जानेहरु ?
</poem>