Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
'मालिक नगर ' नाम परेको बस्तीमा
खेतीवालाहरूको खैलाबैला !
रत्नमाया लिम्बुनीको सात पुस्ताअघिका पूर्खाले रोपेको
बाक्लो छायाँदार वरपीपलको शानदार पाखुरामा
अचानक कसले झुण्ड्यायो
यो बडेमानको होर्डिङ- ' मालिक नगर '।

मालिक को हँ ?
को ?

आफ्नै आँगनमा, आफ्नै पौरखले
आफ्नै निधारमा
झुण्डाइबस्नु यो बीऊ मास्ने
विज्ञापन ?

खेतीवालाहरूको बस्तीमा
कानेखुशी, खस्याकखुसुक, चलहलपहल ।

बहसको समय आउला ?

</Poem>
Mover, Reupload, Uploader
10,400
edits