1,438 bytes added,
17:06, 2 दिसम्बर 2020 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
पौरखी मगरनी
बिछट्टै राम्रो समला जानेकी !
चिनेकै एजेन्टको माध्यम
डिस्कोमा गाउन थाली ।
मालिक रिझाउन
जानेको समला सप्पै बिर्सिपठाई ।
आहा ! संसारै अँगालोमा बाँधु भन्ने उमेर
सहरमा भने खुट्टा टेक्ने ठाउँ छैन।
मैले डोको घोप्टा'को ठाउँमा
कसको यो बडेमानको बिल्डिङ हँ ?
आफ्नो पनि त यतिञ्जेल
घरजम भइसक्नुपर्ने !
कतिको भरपर्दो होला नी
यो साप्ताहिक मेट्रिमोनियल्स ?
घर-द्वार कोठेबारीसहित
स्थानीय शहरकै कुनै पौरखी मगरको
प्रस्ताव पो आइहाल्ला कि !
</Poem>